वैशाख २८ गते संसदको बजेट अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले यही वैशाख २८ गते अपराह्न २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । यसअघि आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
प्रतिक्रिया