सत्य निरूपण आयोगमा ६३ हजार ७१८ वटा उजुरी

काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ वटा उजुरी परेका छन् । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सिंहदरबारमा सोमबार बसेको बैठकमा आयोगका सचिव उदयराज सापकोटाले यसबारेमा जानकारी दिएका हुन् । एउटा घटनाको एक हजार, १० हजार, १५ हजार पनि उजुरीहरू पनि भएको उनको भनाइ थियो । उनले उजुरीभन्दा पनि घटनाका विषयहरूलाई हेरेर जानुपर्नेमा जोड दिँदै उनले जिल्लाको तहमा हेर्दा सल्यानमा पाँच हजार ५०२ वटा उजुरी परेको बताए ।

सचिव सापकोटाले अछाम र कपिलवस्तुमा चार हजारभन्दा बढी उजुरी परेको र तीन हजारभन्दा माथि उजुरी भएको जिल्ला एउटा र दुई हजारभन्दा माथि उजुरी भएका एउटा जिल्ला रहेको बताए । उनले एक हजारमाथि उजुरी भएका जिल्ला १३ वटा रहेको बताउँदै सामान्य प्रकृतिका उजुरीहरू बढी रहेको र अहिले दुई हजार २६८ उजुरीहरू तामेलीमा राखेको र केही उजुरी पुनः जगाउन पाउँ भनेर निवेदन आएको अवस्था रहेको उनले बताए ।

सचिव सापकोटाले भने, ‘‘जिल्लास्तरको उजुरीमा जाँदा पाँच हजारभन्दा बढी एउटै जिल्लामा पनि उजुरी भएको अवस्था छ, सल्यानमा पाँच हजारभन्दा बढी उजुरी रहेका छन् । पाँच हजार ५०२ वटा उजुरी छन् । अछाम र कपिलवस्तुमा चार हजारभन्दा बढी उजुरी छन् । तीन हजारभन्दा माथि उजुरी भएको जिल्ला एउटा र दुई हजारभन्दा माथि उजुरी भएका एउटा छ । एक हजार माथि १३ वटा छन् । एक हजार भन्दा मुनिका अरू उजुरीहरू छन् । सामान्य प्रकृतिका उजुरीहरू धेरै भएका छन् । हामीले अहिले दुई हजार २६८ उजुरीहरू तामेलीमा राखेका छौँ । केही तामेलीबाट पुनः जगाउन पाउँ भनेर निवेदन आएको छ । परिचय पत्र वितरण ६१८ वटा गरेका थियौँ ।’’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर