कप्तान रोहित पौडेलको अर्धशतक

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । यसअघि पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाएका पौडेलले चौथो खेलमासमेत अर्धशतक बनाएका हुन् । ३४ बल खेल्दै कप्तान पौडेलले ५३ रन बनाए। उनले दुई छक्का र ६ चौकाको मद्दतमा अर्धशतक बनाएको हो। दुई सय १० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको नेपालले ११ ओभरको समाप्तिमा चार विकेट गुमाएर सय रन बनाएको छ। क्रिजमा कप्तान पौडेल र दीपेन्द्रसिंह ऐरी छन् । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय ९ रन बनाएको हो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर