प्रधानमन्त्री र ओलीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच आज बिहीबार भेटवार्ता भएको छ । भेटवार्तापछि नेपाललाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए । उनले संसदको बजेट अधिवेशन बोलाउने मामिला संसद र सरकारको भएको भन्दै छिट्टै अधिवेशन बोलाउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘संसदको अधिवेशन छिट्टै बोलाउनु होला यो सरकारको मामिला हो । संसदको मामिला हो । प्रधानमन्त्रीसँग समसामयिक राजनीति आदि विषयमा छलफल भयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर