शाही इन्टरनेसनल म्युजिक अवार्डबाट सम्मानित

काठमाडौं । लोक दाहोरी र देउडा गायन क्षेत्रमा आफ्नो पकड जमाउँदै गरेकी गायिका सपना शाही इन्टरनेसनल म्युजिक  अवार्डबाट सम्मानित भएकी छन् ।

भारतको चण्डीगढमा प्रवासी साझा मञ्चले गरेको विशेष सांगीतिक कार्यक्रममा शाहीलाई भारती इन्टरनेसनल अवार्डबाट सम्मान गरिएको हो । लोक गीतलाई आफ्नो कर्म बनाएकी शाहीले देउडा विधालाई पनि कर्मकै रूपमा निरन्तरता दिँदै आएको अवस्थामा उनलाई देउडा गीत विधातर्फको यो अवार्डबाट सम्मान गरिएको हो ।

नेमबहादुर शाहीको शब्द र धिरेन्द्र शाहीको लय रहेको तीन चुलीका अग्ला शिर बोलको गीतमा स्वर दिएकी शाहीलाई यसै देउडा गीतले अवार्ड दिलाउन सफल भएको हो ।

देश, विदेशका विभिन्न स्टेजहरुमा आफ्नो स्वरको जादू छर्न सफल शाहीले अन्तर्राष्ट्रिय स्तरमा पाएको अवार्डले आफूलाई गायन क्षेत्रमा थप जिम्मेवार भएर कर्मलाई निरन्तरता दिन अभिप्रेरित गरेको बताइन् । उनले भनिन्, “मैले अब गायन क्षेत्रमा थप साधनालाई निरन्तरता दिएर अगाडि बढ्ने छु ।”

कर्णाली प्रदेशको दैलेख जिल्लामा जन्मेकी शाहीले झन्डै लोक र देउडा विधामा तीन दर्जन गीत रेकर्ड गराइसकेको बताइन् । आफूलाई लोक र देउडा विधाको संगीत अधिक मन पर्ने भएता पनि हरेक विधाका संगीत उत्तिकै मन पर्ने बताइन् ।

भारतको चण्डीगढमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपालका तर्फबाट भन्डै तीन दर्जन कलाकारहरुको उपस्थिति रहेको थियो भने उनीहरुलाई पनि विभिन्न विधाबाट सम्मान गरिएको. शाहीले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर