वेस्ट इन्डिजले दियो नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । नेपालले वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत चौथो खेलमा २१० रनको लक्ष्य पाएको छ। टस जित्दै पहिले ब्याटिङको निर्णय लिएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाउँदै २०९ रनको स्कोर बनाएको छ।

वेस्टइन्डिजका लागि आन्द्रे फित्चरले ५२ बलमा सर्वाधिक ८४ रन जोडे भने फाबियन एलनले ३३ रन जोडे। यस्तै ओपनर चार्ल्स जोनशनले ३० बलमा ५८ रन बनाए। एलिक अथाजले ५ रन बनाउँदा केसी कार्थीले ४ रन मात्र जोडे। नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिँदा प्रतिश जिसीले एक विकेट लिए। पाँच खेलको सिरिजमा वेस्टइन्डिज ‘ए’ले अघिल्ला ३ खेलमा दुई वटामा जितेको छ भने एउटामा हार व्यहोरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर