नेपाली घाँस चीनको तिब्बतमा निकासी गर्ने सम्झौता

काठमाडौं । नेपाल र चीनको तिब्बत प्रान्तबिच कृषि सहकारीसम्बन्धी विविध सहमति भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्य तथा सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका उपाध्यक्ष लाङ फुकुआनको विशेष आतिथ्यमा राजधानीमा आयोजित एक समारोहमा उक्त सहमति भएको हो ।

सत्रौं नेपाल–तिब्बत आर्थिक तथा व्यापार मेलाको प्रारम्भमा तिब्बतका चौंरी, याक, घोडा र च्याङ्ग्रालाई हिउँदयाममा खुवाउन नेपालबाट विशेष पोषिलो घाँस हेइलेज उत्पादन र खरिद गर्नेलगायत विषयमा १७ गते सोमवार सहमति भएको छ । चितवन र नुवाकोटमा उत्पादित हेइलेज नेपाल क्राउन एग्रिकल्चरल इन्टरप्राइजेजमार्फत तिब्बतको प्लेटो ब्लु कम्पनीले खरिद गर्ने सम्झौता भएको छ । त्यसैगरी उताको प्लेटो ब्लु कम्पनीबाट नेपालको न्यु होप नेपाल कम्पनीले पशु आहार .(दाना) खरिद गर्ने र न्यु होप नेपाल कम्पनीले नेपाल ग्रास कम्पनीलाई जैविक मल उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

दुई मुलुकका कृषि कम्पनीबिच यताबाट जुनार र सुन्तलासमेत लैजानेगरी भएको सहमतिले नेपालको कृषि उत्पादन, अनुसन्धान र हेइलेज निर्यातमा ठूलो योगदान पुग्ने बताइएको छ ।
तिब्बतमा याक तथा पशु उद्योग प्रवर्धनका लागि विशेषगरी हिउँदमा हरियो र पौष्टिक घाँस खुवाउने योजनाअनुसार नेपालबाट हेइलेज खरिद गर्न लागिएको हो । दुई मुलुकका कृषि कम्पनीबिच यताबाट जुनार र सुन्तलासमेत लैजाने सहमतिले नेपालको कृषि उत्पादन, अनुसन्धान र हेइलेज निर्यातमा ठूलो योगदान पुग्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर