सुन प्रतितोला दुई हजार रुपैयाँले बढ्यो

काठमाडौं । आज बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ३६ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य पनि बढेर प्रतितोला १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ६ सय ३० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर