सलमान खानको घरबाहिर गोली चलाउने अभियुक्तको हिरासतमै मृत्यु

काठमाडौं । बलिउड अभिनेता सलमान खानको घरमा भएको गोलीकाण्डका एक अभियुक्तको हिरासतमै मृत्यु भएको छ ।  बुधबार प्रहरी हिरासतमै आत्महत्या गर्ने प्रयास गरेका अभियुक्त अनुज कुमारलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ । उनी पञ्जाबका बासिन्दा हुन् ।

३२ वर्षीय अनुजले बिहान करिब ११:३० बजे लकअप नजिकै रहेको शौचालयमा आत्महत्या गर्ने प्रयास गरेका थिए । खबर पाएलगत्तै प्रहरीले आरोपीलाई गोकुलदास तेजपाल अस्पताल लगेको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार डाक्टरहरूले आरोपीलाई मृत घोषणा गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर