वेस्ट इन्डिजसँग नेपाल ७६ रनले पराजित

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले तेस्रो पराजय व्यहोरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी योसँगै पाँच खेलको यो सिरिजमा वेस्ट इन्डिज २–१ ले अग्रता लिएको छ । आज बुधबार सम्पन्न खेलमा नेपाल ७६ रनले पराजित भएको हो । वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेपाल १९.२ ओभरमा १५१ रनमै अल आउट भयो ।

वेस्ट इन्डिजको जितका लागि जोनसन चार्ल्सले शतकीय पारी खेले । उनले ६१ बलमा १३ चौका र सात छक्काको सहयोगमा अविजित एक सय १९ रन बनाए । यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । फाबिएन एलेनले १९, ओपनर एलिक अथान्जेले १७ रन र किमो पलले अविजित १३ रन बनाए । नेपालको ब्याटिङ लाइनलाई ध्वस्त बनाउन वेस्ट इन्डिजका लागि हेडेन वाल्शले तीन विकेट लिए । नेपालका सागर ढकाल र करण केसीले एक एक विकेट लिए ।

२२८ रनको लक्ष्य पछ्याएको नेपालका लागि करण केसी र लोकेश बम सर्वाधिक २८–२८ रन जोडेका थिए । कुशल मल्ल २०, विनोद भण्डारी १९, अनिल शाह १४, कप्तान दीपेन्द्रसिंह ऐरी ७, गुल्सन झा ६, कमलसिंह ऐरी ६, आरिफ शेख ३ रनमा आउट भए । नेपालका लागि नटआउट ३ रनमा समेटिए। यो हारसँगै पाँच खेलको सिरिजमा नेपाल २–१ ले पछाडि परेको छ। नेपाल पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो। दोस्रो खेल वेस्ट इन्डिजले १० रनले जितेको थियो। नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध आसन्न आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सिरिज खेलेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर