चीनमा कोभिड–१९ भाइरसको अनुक्रम प्रकाशित गर्ने वैज्ञानिक वर्खास्त

काठमाडौं । कोभिड–१९ भाइरसको अनुक्रम प्रकाशित गर्ने चीनका पहिलो वैज्ञानिक झाङ योङजेनलाई चीन सरकारले प्रयोगशालाबाट वर्खास्त गरेपछि उनी धर्नामा बसेका छन् । भाइरोलोजिष्टले एक अनलाइन पोस्टमा लेखे कि योङजेनलाई र उनको टोलीले अचानक थाहा पाए कि उनीहरूलाई उनीहरूको प्रयोगशालाबाट बाहिर निकालिएको छ ।
झाङले पहिलो पटक जनवरी २०२० को शुरुमा कोभिड–१९ भाइरसको अनुक्रम प्रकाशित गरेका थिए। उनलाई प्रयोगशालाबाट हटाउने कदमले कसरी चिनियाँ सरकारले वैज्ञानिकहरूलाई कोरोना भाइरस प्रकोपको ह्यान्डलिङको समीक्षा गर्नबाट रोक्न उनीहरूमाथि दबाब र नियन्त्रण जारी राखेको देखाउँछ। झाङले चिनियाँ सोशल मिडिया प्लेटफर्म वीबोमा यो पोस्ट लेखेका थिए, तर पछि हटाइयो। प्रयोगशालाबाट बाहिर निकालिएपछि झाङ विरोधस्वरूप धर्नामा बसे।
उनले पोष्टमा पानी परे पनि आफू धर्नामा बसिरहेको लेखेका छन् । तर, मंगलबार फोनमा सम्पर्क गर्दा उनले आफूलाई फोनमा कुरा गर्न ‘असहज’ भएको बताए । अर्कोतर्फ झाङ योङजेनका एक सहकर्मीले सोमबार विरोध प्रदर्शन गरिएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर