वेस्ट इन्डिजविरुद्ध नेपालले टस हारेर फिल्डिङ गर्दै

काठमाडौं । नेपालले तेस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध टस हारेर पहिला फिल्डिङ राेजेकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर ब्याटिङ रोजेका हुन् ।

नेपालको कप्तानी भने दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । अघिल्ला खेलका कप्तान रोहितकुमार पौडेलसहित कुशल भर्तेल, सोमपाल कामी र प्रतिश जिसीलाई आज विश्राम दिइएको छ । आज नेपालको प्लेइङ ११ मा लोकेश बम, विनोद भण्डारी, अनिल कुमार शाह, कुशल मल्ल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, विवेक यादव, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी समावेश छन् ।।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर