ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका पहरीको मृत्यु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एकजनाको मृत्यु भएको छ ।

गत मंगलबार आगो निभाउने क्रममा स्थानीय रमेश पहरी घाइते भएका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

यस्तै आगो निभाउने क्रममा नै स्थानीय शंकर पहरीको मंगलबार मृत्यु भएको थियो । वनमा लागेको डढेलो अझै नियन्त्रणमा नआएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर