काभ्रेको महादेवटारमा भीषण आगलागी, १५ घर नष्ट

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ४ महादेवटारमा भीषण आगलागी भएको छ । आगलागीबाट १५ घर जलेर नष्ट भएको छ । तर मानवीय क्षति भने नभएको बताइएको छ ।

आगलागीबाट १५ घर, १० गोठ र ८ वटा शौचालय जलेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको हो । पानी पर्याप्त नभएको र आगलागी ठूलो क्षेत्रमा फैलिएकाले आगलागी नियन्त्रण कठिन भई घर जलेको स्थानीयको भनाइ छ । नेपाली सेना, स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले आगो निभाएको थियो । वनको आगो भने अझै निभाउन नसकिएको स्थानीयले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर