मौसम : पहाडी भूभागमा आंशिक बदली, तराईमा हवाहुरीको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानसँगै बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ। राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा राति पनि हावाहुरीको सम्भावना रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर