नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी-२० सिरिजको तेस्रो खेल आज बुधबार हुँदैछ। कीर्तिपुरस्थित टियू मैदानमा १२ः१५ मा सुरु हुने खेलमा दुबै टोली सिरिजमा अग्रता बनाउने उद्देश्यसहित मैदान उत्रिँदै छन्। यसअघि भएका दुई सिरिजमा दुबैले १(१ जित निकालेका छन्। सिरिजको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी हुँदा दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकालेको थियो। नेपालले पहिलो खेलमा २०५ रनको लक्ष्य सफलतापूर्वक चेज गरेपनि दोस्रो खेलमा भने १ सय ६१ रनको लक्ष्य पूरा गर्न सफल भएन । आजको खेलको नतिजापछि विश्वकप खेल्ने नेपाली टोलीकोे नाम सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया