लखनऊ सुपर जायन्ट्सद्वारा मुम्बई इन्डियन्स पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इन्डियन्सलाई हराउँदै लखनऊ सुपर जायन्ट्सले प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ।मंगलबार राति भएको खेलमा मुम्बईलाई ४ विकेटले पराजित गर्दै लखनऊले प्ले अफको सम्भावना बलियो बनाएको हो । प्रतियोगितामा छैटौं जित निकालेको लखनऊ १२ अंकका साथ तेस्रो स्थानमा उक्लिन सफल भएको छ ।
लखनऊमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो । उसका लगि नेहल वाधेराले सर्वाधिक ४६ रन बनाए । लखनऊका लागि मोहसिन खानले सर्वाधिक २ विकेट लिए । जवाफमा लखनऊले उक्त लक्ष्य ४ बल अगाडि नै ६ विकेट गुमाएर पूरा गर्यो । लखनउको जीतमा मार्कुस स्टोइनिसले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६२ रन बनाए । यस्तै केएल राहुलले २८ रन बनाउँदा दीपक हुडाले १८, निकोलस पुरनले १४ रन जोडे । मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले सर्वाधिक २ विकेट लिए । पराजित भएको मुम्बई अंक तालिकाको नवौं स्थानमा छ । आइपिएलअन्तर्गत आज चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स भिड्दै छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर