आज देशभर मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौं । आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालका विभिन्न मजदुर संघ संगठनहरूले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । उनीहरूले मे दिवसको अवसरमा विभिन्न अन्तरक्रिया, गोष्ठी आदि कार्यक्रमको आयोजना गरेका छन् ।
विश्वका साथै नेपालमा पनि विविध कार्यक्रम गरी यो श्रमिक दिवस मनाइँदै आइरहेको छ । सन् १८८६ मा अमेरिकाको शिकागो राज्यमा ८ घन्टा काम, आठ घन्टा आराम र ८ घन्टा मनोरञ्जनको माग गर्दै आन्दोलन भएको थियो । मजदुरहरूले गरेको सो विश्व प्रख्यात आन्दोलन दबाउनका लागि तत्कालीन अमेरिकन सरकारले प्रहरी दमन गरिएको घटनाको सम्झनामा विश्वभरी मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएको हो । सोही आन्दोलनका कारण विश्वभरी मजदुरहरूले आठ घन्टा मात्र काम गर्न गरी नयाँ व्यवस्था विश्वभर प्रचलनमा आएको हो । आज सार्वजनिक बिदाका कारण बैंक वित्तीय क्षेत्र र सेयर बजार बन्द रहने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर