गैरसंवैधानिक कदम नचाल्न कोशी प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्कीको आग्रह

काठमाडौं । कोशीका मुख्यमन्त्री केदार कार्कीले आफू नेतृत्वमा रहँदारहँदै प्रदेशमा अर्को मुख्यमन्त्री चयन हुन नसक्ने भन्दै त्यसो नगर्न प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् । मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर प्रदेशसभाबाट पारित संकल्प प्रस्तावअनुसार प्रदेशमा नयाँ सरकार गठनको आह्वान नगर्न आग्रह गरेका हुन् ।

कार्कीले प्रदेश प्रमुखलाई बुझाएको पत्रमा आफू नेतृत्वको सरकार रहँदारहँदै अर्को सरकार नबनाउन आग्रह गर्दै आफुले विश्वासको मतसमेत लिन नपर्ने उल्लेख गरे । पत्रमा उनले प्रदेशसभाबाट पारित संकल्प प्रस्तावकै कारण गैरसंवैधानिक काम नगर्नसमेत प्रदेश प्रमुखलाई आग्रह गरेका छन् । गत वैशाख ७ गते कोशी प्रदेशसभाबाट एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी प्रदेशसभा सदस्य गणेश उप्रेती र एमालेका किशोरचन्द्र दुलाल समर्थक रहेको संकल्प प्रस्ताव पास भएको थियो । संकल्प प्रस्तवामा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री कार्की अल्पमत परेको र कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने नलिए प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्नुपर्ने उल्लेख गरिएको र मुख्यमन्त्री कार्कीले आफू संविधानको धारा १६८ को ५ अनुसारको मुख्यमन्त्री रहेको स्मरण गराउँदै प्रदेशसभाबाट पारित सङ्कल्प प्रस्तावमा उल्लेखित विषय संविधानको मर्म र भावनाविपरीत रहेको भन्दै त्यसै आधारमा नयाँ सरकार गठन गर्न खोज्नु असंवैधानिक हुने पत्रमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर