इलाम २ मा रास्वपासहित १६ जनाको जमानत जफत

काठमाडौं । इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनको मत परिणाम आएको छ । १९ जना उम्मेदवार भएमध्ये १६ जनाको जमानत जफत भएको छ । कुल मतदाता १ लाख १५ हजार ८८९ रहेकामा जम्मा ६९ हजार ३७४ मत खसेको थियो । जसमा ६८ हजार ४७२ मत सदर हुँदा ९०२ मत बदर भएको थियो । १६ जनाको जमानत जफत हुँदा रास्वपाका मिलन लिम्बू पनि परेका छन् । उनले ५ हजार ५० मत ल्याए ।

जमानत जफल हुनेहरुमा मनिबहादुर लिम्बूले ८१६, जीतबहादुर राईले ४०८, लक्ष्मी गुरुङले ४०४, रेशमबहादुर सुनारले २०६, प्रेमकुमार थाम्सुहाङले ११८, र अर्जुनबहादुर शाहीले ५५ मत ल्याए । त्यस्तै गणेशबहादुर चौहानले ४३, जयन्तविक्रम शाहले ४३, राज बश्यालले ३८, धनराज राना मगरले ३६, श्यामबहादुर दर्जीले ३३, दिपेश बोहोराले २१, डाकप्रसाद गौतमले १४, मनोज निरौलाले १२ तथा योगेन्द्र गुरुङले ४ मत ल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर