इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ विजयी

काठमाडौं । इलाम–२ को रिक्त प्रतिनिधिसभाको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै नेम्वाङ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे भने खड्काले २१ हजार ९४२ मत ल्याए । त्यसैगरी तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले पाँच हजार ५० मत ल्याए । मङ्गोल नेशनल अर्गनाइजेशनका मणिबहादुर लिम्बुले आठ सय १६ मत प्राप्त गरे । एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर