इलाम क्षेत्र-२ मा एमालेका उम्मेदवारको मतान्तर फराकिलो

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र-२ मा भएको उपनिर्वाचनको मत गणना परिणामले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । इलाम-२ को चार पालिकाको मत गणना सम्पन्न हुँदा नेम्वाङले ४ हजार ६८३ मतले अग्रता लिएको छ । उक्त मतगणनामा १३ हजार ६९ मत सुहाङलाई प्राप्त भएको छ ।

यस्तै, नेपाली कांग्रेसका डम्बरहादुर खड्काको ८ हजार ३८६ आएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ९८ मत आएको छ भने रास्वपाका मिलनकुमार योङहाङ लिम्बुको १ हजार ७१३ मत आएको छ । यसैगरी, अहिलेसम्म ३२ हजार ६३८ मत गणना भएको छ । अहिलेसम्मको फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ गाउँपालिका र माई नगरपालिका ६, ७ को मत गणना सक्किएको छ । यसपटक इलाम– २ मा ६९ हजार २८७ मत खसेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर