रिडी-तम्घास सडक एक महिनासम्म बन्द हुने

काठमाडौं ।  रिडी-तम्घास सडक एक महिनासम्म बन्द हुने भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास रिडी सडकको रिडीदेखि वलेटक्सारसम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्न काम हुँदै आएको छ ।

त्यसअन्तर्गत सडकको केही ठाउँमा कडा चट्टान फोर्न र सडकको ग्रेड मिलाउने कार्य गर्न भन्दै वैशाख १७ गतेदेखि जेठ १५ गतेसम्म बिहान १० बजे देखि ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो ।

मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डको २५ किलोमिटरमा समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ । २०७९ साल फागुन २८ गते सम्झौता भई २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर