इलाम-२ मा एमालेका नेम्वाङ अगाडि

काठमाडौं । इलाम-२ मा शनिवार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएकान् छ ।

यस अघिसम्म नेपाली कांग्रेसका उम्मेदवार डम्मर खड्काले अग्रता लिइरहेको थियो । पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार नेम्वाङले २ हजार ५४२ मत पाएको छ भने कांग्रेसका खड्काको २ हजार १९७ मत रहेकोछ । यस्तै पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ५९३ मत पाउँदा रास्वपाका मिलन लिम्बुले ३ सय ७९ मत ल्याएको छ ।

फाकफोक थुम गाउँपालिकामा चार वटा वडाको मतगणना सकिएको छ। बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि केही १२ बजेबाट मत गणना सुरु भएको हो । इलाम(२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । इलाम क्षेत्र नम्बर २ का १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार ४ सय २१ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर