मेयर बालेनको उदारवादी कदम : जुनसुकै पालिकाका अशक्त, गरीबको निःशुल्क उपचार गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले देशका जुनसुकै पालिकाका अशक्त र गरिब नागरिकको निःशुल्क उपचार गर्ने भएको छ । मेयर बालेन साहले सार्वजनिक अपिल गर्दै जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरूले निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत अशक्त र गरिब नागरिक बिरामी जसको सम्पर्कमा भएपछि खबर गर्ने आग्रह गरेका छन् ।

‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, अ:सहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला,’ मेयर साहले भनेका छन्, ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ । तपाईँको टोल छिमेक वा आफन्तहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला ।’

मेयर बालेनको लेखाई यस्तो छ:- “नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ ।
तपाईको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला । सम्पर्क : ११८० (1180) वा, काठमाडौँ महानगर स्वास्थ्य विभाग।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर