इलाममा अहिले ११ बजेदेखि मतगणना प्रारम्भ गर्ने सहमति

काठमाडौं । इलाम क्षेत्र नं २ मा हिजो शनिबार सम्पन्न रिक्त प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतगणना आज आइतबार बिहान ११ बजेदेखि सुरु गर्ने सहमति भएको छ ।

केही बेरअघि सम्पन्न सर्वदलीय बैठकमा उक्त सहमति भएको हो । मतगणना दुई समूहले गर्ने तयारी रहेको बताइएको छ । यसअघि सबै मतदान केन्द्रबाट मतपेटिका हिजो मध्यरातमा मतगणनास्थल ल्याइएको थियो । इलाममा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा ५७ दशमलव ४४ प्रतिशत मतदान भएको थियो ।

इलाम–२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर