आइतबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । युरो १ को खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा छ । यस्तै, बेलायती पाउन्ड १ को खरिद दर १६६ रुपैयाँ ५१ पैसा र बिक्री दर १६७ रुपैयाँ २६ पैसा तोकिएको छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३७ पैसा छ । कुवेती दिनार १ को खरिद दर ४३२ रुपैयाँ २५ पैसा र बिक्री दर ४३४ रुपैयाँ २० पैसा छ भने बहराइन दिनारको खरिद दर ३५२ रुपैयाँ ८७ पैसा र बिक्री दर ३५४ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर