नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताललाई सवा अर्ब रुपैयाँ सहयोग

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको १६ औं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ ।

दक्षिण कोरिया सरकारद्वारा अस्पतालको स्तरवृद्धिका एक अर्ब २५ करोड रुपैंया आर्थिक सहयोग प्राप्त भएको अस्पतालको १६ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए । उनले अस्पतालको स्त्तोरन्नतिका लागि दक्षिण कोरियाली सरकारले ९.५ मिलियन डलर अर्थात् एक अर्ब २५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेबाट अस्पताल दुई सय शय्यामा रूपान्तरण हुने पनि बताए । उनले नगरवासीलाई उपचार सुविधामा सहज गराउन अब नगरवासीको निःशुल्क स्वास्थ्य बीमा गरिने जानकारी दिए ।

सहायता रकमले गुणस्तरीय अस्पताल व्यवस्थापन, सङ्क्रमण नियन्त्रण र चिकित्सा पूर्वाधार तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नमा समेत सहयोग पुग्ने उनको विश्वास छ । प्रभावकारी सेवा प्रवाहका लागि अस्पतालले उदाहरणीय कार्य गरिरहेको अस्पतालका कार्यकारी निर्देशक डा. दीपेन्द्रकुमार रोशनले बताए । वार्षिकोत्सवका अवसरमा अस्पताल प्रशासनले बिरामीलाई फलफूल पनि वितरण गरेको थियो । अस्पतालले सो अवसरमा १० मिनेट सेवा प्रदान भन्ने नयाँ कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । अस्पताल सञ्चालनको अहिलेसम्मको अवधिमा एक लाख ९२ हजार चार सय १६ जनालाई ओपिडी सेवा प्रदान गरेको छ भने एक हजार ९ सय २० जनाको सफल शल्यक्रिया गरेको अस्पताल प्रशासनले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर