इलाममा ५७ र बझाङमा ४८ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्यांक

काठमाडौं । रिक्त प्रतिनिधिसभा सदस्य पूर्ति गर्न भएको इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन मतदानको समय सकिएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे समाप्त भएको हो । र्साझ ५ बजेसम्म मतदान गर्न नपाएकाहरू ‘पोलिङ एरिया’ भित्र रहेर मतदान गर्नसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साँझ ५ बजेसम्म ५७ प्रतिशत मतदान भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मतदानको समय सकिएसँगै मतपेटिका संकलनका लागि लाहाछाप लगाउने काम भइरहेको छ । मतपेटिका सोझै इलाम नगरपालिका ७ मा रहेको गौतम बुद्ध सम्मेलन केन्द्रमा लगिनेछ । एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६६ हजार भन्दा बढी मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ बाट प्रतिनिधिसभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । यस्तै यस्तै बझाङमा साढे ४ बजेसम्म ४८ प्रतिशत मतदान भएको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर