नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ ४ विकेटले पराजित

काठमाडौं ।  टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ । शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा कप्तान रोहित पौडेलको शतक पुरा गरे ।  २ सय ५ रनको लक्ष्य पाएको  नेपालले २ वल बाकी रहँदै ६ विकेटकोक्षतिमा उक्त लक्ष्य भेटेको हो ।

नेपालका लागि कप्तान पौडेलले ५४ बलमा ११२ रन बनाए। उनले ६ छक्का र १० चौका प्रहार गर्दै ११२ रन बनाएका हुन । दिपेन्द्रसिंह ऐरी २४, कुशल भुर्तेल १६, कुशल मल्ल १६, अनिल शाहले ५ रन बनाए ।  गुल्सन झा नटआउट ९ रन र प्रतिस जिसीले नटआउट ५ रन बनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर