मध्याह्नसम्म बझाङमा १५ इलाममा ४२ प्रतिशत मतदान

(बझाङको एक मतदान केन्द्र)

काठमाडौं । इलाम निर्वाचन क्षेत्र –२ मा ४२ प्रतिशत मत खसेको छ । दिउँसो डेढ बजेसम्म अनुसार ४९ हजार मत खसेको हो । खसेको मत संख्याको आधारमा यो ४२ प्र्रतिशत हुन आउँछ । निर्वाचन क्षेत्र नं। २ मा १ लाख १५ हजार ८ सय ८७ मतदाता संख्या रहेको छ । एकसय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन कार्यालयका पदाधिकारीहरुको भनाइ छ । बिहान सुस्त गतिमा खसेको मत दिउँसोपख चाप बढेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ६ पालिकाका ४२ वडामा मतदान भइरहेको छ ।

यसैगरी बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा आज बिहान ११ बजेसम्म १५ प्रतिशत मतदान भएको छ । सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेकोमा बिहान ११ बजेसम्म १५ प्रतिशत मतदाताले मतदान गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले बताए ।

बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर–५ स्थित खप्तड उच्च माविमा एक हजार ८०० मतदाता रहेकोमा दिउँसो ११ः३० सम्म तीनसय जनाले मात्र मतदान गरेको बताइएको छ । स्थानीय लोकेन्द्रबहादुर सिंहले बताए । सात वटा पालिकामा जयपृथ्वी नगरपालिका ११, मष्टा ७, तलकोट ७, साइपाल ५, सुर्मा ५, छविसपाथिभरा ७, खप्तडछान्ना गाउँपालिकामा ७ वडा रहेका छन् । मतदान शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली खटिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर