अमेरिकालाई ‘सीमा ननाघ्न’ चीनको चेतावनी

काठमाडौं । चीन भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् ।  भेटमा अमेरिका र चीनबीचको मतभेदलाई जिम्मेवार ढंगले व्यवस्थापन गर्नुपर्ने विषय प्राथमिकतामा परेको छ । चिनियाँ राष्ट्रपतिले अमेरिका र चीन प्रतिस्पर्धी नभइ साझेदार हुनुपर्नेमा जोड दिनुभएको खबरमा उल्लेख छ ।

बेइजिङमा राष्ट्रपति सीसँगको भेटअघि चीनका विदेशमन्त्री वाङ यीसँग पनि ब्लिन्केनको भेटवार्ता भएको थियो । चीन–अमेरिका दुई देशको सम्बन्ध अहिले स्थिर रहेको र थप बिग्रन नदिनेबारे छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ विदेशमन्त्री वाङले चीनको दृष्टिकोण, अडान र आवश्यकता सँधै एकसमान रहेको बताए । उनले आफ्ना अमेरिकी समकक्षी ब्लिन्केनलाई चीनको मामिलामा अमेरिकाले ‘सीमा नाघ्न नहुने’ बताएको बीबीसीले उल्लेख गरेको छ । चीन र अमेरिकाबिच अहिले पनि विभिन्न विषयमा तनाव कायमै छ ।

अमेरिकी संसद्ले चिनियाँ स्वामित्व रहेको टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने कानुन पारित गरेको केही दिनमै उनले बेइजिङको भ्रमण गरेका हुन् । अमेरिकी विदेशमन्त्री ब्लिन्केन एक वर्षभित्र दोस्रो पटक तीन दिने भ्रमणका क्रममा चीन पु गे । औपचारिक भेटघाटपछि ब्लिन्केनले यदि चीनले युक्रेनमा आक्रमण गर्न प्रयोग हुने वस्तु रुसलाई आपूर्ति गर्न नरोके अमेरिकाले कदम चाल्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर