सुर्खेतको बुलबुले तालमा मोटर बोटको परीक्षण सेवा सुरु

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले तालको स्वरूप फेरिएको छ । बुलबुले तालमा मोटर बोटको परीक्षण सेवा सुरु भएको छ। बुलबुले ताल घुम्न जाने पर्यटकलाई थप सुविधा दिने उद्देश्यले बोटेबोरा कम्पनीले बुलबुल तालमा मोटरबोट सञ्चालनमा ल्याएको हो।
फोहोर र जलकुम्भीले भरिएको उक्त तालको अस्तित्व नै मेटिने अवस्थामा पुगेको बेला नगरपालिकाले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनी सम्झौता गरेर तालको सुन्दरता बढाउने काम गरेको छ । अहिले त्यहाँ ११ सिटे दुई वटा फिस्टेल ब्रान्डका मोटरबोटमार्फत सेवा सुरु गरेको छ ।

वीरेन्द्रनगरपालिका नगर विकास समितिका सदस्य तथा बुलबुले ताल संरक्षण उपसमितिका संयोजक नवराज गुरुङले तालमा पानीको सतह कम भएपछि केही माथिपट्टी रहेको दशधाराबाट रातिको समयमा पानी ल्याउने तयारी भइरहेको बताए। त्यसका लागि नगरपालिकाले चार इन्चको एक सय ५० मिटर पाइप उपलब्ध गराउने विषयमा सहमति भइसकेको पनि उनले बताए ।‘ कम्पनीका अनुसार बुलबुले तालमा मोटरबोट चढ्न दुई सय ५० लाग्ने छ । उद्घाटन अवसरमा एक महिनाका लागि दुई सय रुपैयाँ निर्धारण गरिएको छ। उक्त शुल्कमा बुलबुले तालको चार फन्का मार्न पाइनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर