दीपेश पुन सुन तस्करीको मामिलामा पुनः पक्राउ

काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परी थुनामा रहेका दीपेश पुन धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् । आज शुक्रबार दिउँसो रूपन्देही जिल्ला अदालतमा धरौटी रकम बुझाएर तारिखमा रिहा भएका पुनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले रिहा भएलगत्तै नियन्त्रणमा लिएको हो ।

सुन प्रकरणमा समेत उनीमाथि अनुसन्धान चलिरहेकाले सिआइबीले नियन्त्रणमा लिएको रूपन्देही प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । पुनलाई वैशाख ७ गते रूपन्देही जिल्ला अदालतबाट ४ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएपनि धरौटी रकम जम्मा नगरेकाले कारागारमै रहँदै आएको थियो । धरौटी रकम बुझाई आज रिहा भएपनि सुन प्रकरणमा अनुसन्धान जारी रहेको भन्दै सिआइबीले तत्कालै पक्राउ गरेको हो । पुन रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए । उनी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर