मोदीद्वारा अमेरिकी शैलीको नयाँ सम्पत्ति कानूनको विरोध

काठमाडौं । अमेरिकी शैलीको नयाँ सम्पत्ति कानूनको पक्षमाविपक्षी राष्ट्रिय काँग्रेस पार्टीले वकालत गरेपछि त्यस विरुद्ध  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कडा हमला गरेका छन्। यदि त्यस्तो कानुन बनाइयो भने जनताको सम्पत्ति कब्जा हुने भन्दै उनले त्यसको विरोध गरेका हुन् । प्रधानमन्त्रीको टिप्पणी काँग्रेसका विदेश विभाग प्रमुख साम पित्रोदाले भारतमा पैतृक सम्पत्ति हस्तान्तरणमा ५० प्रतिशत कर लगाउने कानुन लागु गर्नुपर्ने प्रस्ताव गरेपछि सार्वजनिक भएको हो । यस्तो कानुन अमेरिकाले लागु गरेको छ ।

मोदीका पूर्ववर्ती मनमोहन सिंहको सल्लाहकारको रूपमा काम गरेका पित्रोदाले काँग्रेसको सरकारमा हुँदा अमेरिकी विरासत कानुनलाई “लोभलाग्दो” भनेका छन्। “यदि कसैसँग १०० मिलियन डलरको सम्पत्ति छ भने उसको मृत्यु हुँदा उसले आफ्नो सन्तानलाई ४५ प्रतिशत मात्र हस्तान्तरण गर्न सक्छ। ५५ प्रतिशत भने सरकारले कब्जा गर्ने छ।” पित्रोदाले एएनआई समाचार एजेन्सीसँगको कुराकानीमा भनेका छन् । “भारतमा, त्यो छैन। यदि कोहीसँग १० अर्बको सम्पत्ति छ र उसको मृत्यु भयो भने उसको छोराछोरीले १० अर्ब नै  पाउँछन्, तर जनताले केही पाउँदैनन् , त्यसैले यस्ता प्रकारका विषयहरूमा जनताले बहस र छलफल गर्नुपर्छ,” उनले भनेका थिए।

पित्रोदाले मोदीको नेतृत्वमा सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) र देशमा सम्पत्ति पुनर्वितरणमा काँग्रेस बिचको चर्को बहसको बिचमा आफ्नो धारणा राखेका हुन्। आफ्नो चुनावी घोषणापत्रमा काँग्रेसले भाजपाको नीतिका कारण भारतका जनता आर्थिक रूपमा गरिब र धनीमा गहिरो खाडल सहित विभाजित बनेको दाबी गरेको छ। यसको सट्टा यसले निष्पक्ष, न्यायपूर्ण र समान अवसरको अर्थतन्त्र निर्माण गर्ने र जनताका सबै वर्गहरूमा समृद्धि ल्याउने प्रतिज्ञा काँग्रेसले घोषणापत्रमा गरेको छ।

यद्यपि भाजपाले काँग्रेसको घोषणापत्रको अर्थ भारतीयहरूको सम्पत्ति कब्जा र पुनः वितरण गर्ने भएको आरोप लगाएको छ। काँग्रेसले ती दाबीहरूलाई अस्वीकार गर्दै आएको छ। उनको “सम्पत्ति कर” सम्बन्धी टिप्पणीले आगोमा घ्यु थपेपछि पित्रोडाले मुख्य मुद्दाहरूबाट ध्यान हटाउन आफ्नो शब्दहरू विकृत गरिएको गुनासो गरेका छन् ।

भाजपा नेताहरूले भने विपक्षीहरूको आलोचनालाई थप तीव्र पारेका छन्। ‘तपाईँले मिहिनेतले जम्मा गरेको धन तपाईँका सन्तानले पाउँदैनन्, बरु काँग्रेसको पञ्जाले खोस्नेछ । जबसम्म तपाईँ जीवित हुनुहुन्छ, काँग्रेसले उच्च कर लगाउनेछ र जब तपाईँ जीवित हुनुहुन्न, यसले तपाईँलाई पैतृक सम्पत्ति करको बोझ लगाउँछ”,छत्तीसगढ राज्यमा बुधबार चुनावको प्रचारको क्रममा मोदीले जनतालाई आक्रोशित पार्ने प्रयास गर्दै भने।अर्को र्‍यालीमा गृहमन्त्री अमित शाहले काँग्रेस पार्टीको राजनीति ‘पर्दाफास’ भएको दाबी गरे। बीजेपीका प्रवक्ता जयवीर शेरगिलले पनि प्रतिद्वन्द्वी समूहलाई आलोचना गरे र भने कि मतदाताहरू “सम्पत्ति लुट्नेहरू” बारे सचेत हुन आवश्यक रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर