न्यूरोडमा छापा मार्दा अवैध डेढ किलो सुन र १ करोड ४३ लाख नगद बरामद

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले विहीबार एक नेपालीसहित ७ जनालाई पक्राउ गरेको छ । दार्चुलाका गणेश दत्त पौडेलसहित ७ जना पक्राउ परेको प्रहरीको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । आज अपराध अनुसन्धान कार्यालयाले पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको छ । काठमाडौंको न्युरोडमा विशेष सूचनाका आधारमा नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयले छापामार्दा न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो सुन र कम्तीमा १ करोड ४३ लाख ६० हजार रुपैयाँ रकम र एक हजार ७ सय २५ ग्राम सुन बरामद गरेको हो । प्रहरीले दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल पक्राउ गरेको छ । त्यस्तै भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टे पक्राउ परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर