छापावाल सुन तोलामा १४ सय वृद्धि

काठमाडौं । आज शुक्रबार छापावाल सुनको मूल्यमा प्रति तोलामा चौध सय वृद्धि भएको छ । हिजो बिहीबार प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन तोलामा १४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३७ हजार २ सय पुगेको हो ।

तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजाबी सुन तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । हिजो बिहीबार चाँदी प्रतितोला १ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर