रामेछापका विभिन्न जंगलमा जताततै डढेलो

काठमाडौं । रामेछाप जिल्लाका विभिन्न जंगलमा जताततै डढेलो लागेको छ । डढेलोका कारण करोडौंको क्षति भएको छ । गोठालाहरुले जंगलमा घाँस पलाउने आशामा जथाभावी आगो लगाइदिन थालेपछि जंगलको आगो बस्तिमा पुग्दा ५० भन्दा बढी घरगोठहरु जलेर नष्ट भएका छन् । गोठमा रहेका २ सय भन्दा बढी पशु तथा पंक्षिहरु जलेर मरेका छन् ।

डढेलो कै कारण दुई जनाको ज्यान गएको छ । स्थानिय उपभोक्ताहरुले बर्षौं देखि जोगाएर राखेको जंगलहरु क्षणभरमा नष्ट भएका छन् । डडेलोका कारण जंगली जनावरको मृत्यु हुनुको साथै बहुमुल्य जडिबुटीको पनि सखाप भएको छ । केहि दिन अगाडिसम्म हरियाली देखिने जंगलहरु अहिले डढेर काला देखिन थालेका छन् । गर्मी मौसम संगसंगै बर्षौंदेखि उपभोक्ताहरुले संरक्षण गरेर राखेको सामुदायिक तथा अन्य वनहरुलाई क्षणभरमै आगोले सखाप पारेपछि उपभोक्ताहरु निराश हुन थालेका छन् । डडेलोका कारण जिल्लाका धेरै जंगलहरु सखाप भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

डढेलो नियन्त्रण्का लागि प्रहरी परिचालन गरिएको भएपनि सम्भव नभएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । जंगलका बहुमुल्य काठका अतिरिक्त डढेलोका कारण जंगली जनावरहरु स्याल, मृग, बाघ खरायो लगायतका जीवजन्तुको पनि ठुलो क्षति भएको वन उपभोक्ताहरु बताउँछन् । वनमा आगो लागेपछि जंगली जनावरहरु गाउँतिर पस्ने गरेको स्थानीय बासिन्दाहरु बताउँछन् । जंगलहरुमा आगो लागेको देख्ने बित्तिक्कै वन उपभोक्ताहरु सबै अग्नि नियन्त्रणका लागी जंगलमा पुग्ने गर्दछन् । तर स्थानिय उपभोक्ताको प्रयासले आगो नियन्त्रण हुन नसकेपछि आगो फैँलदै गएर जंगल सखाप पार्ने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर