भारतमा आज दोस्रो चरणको मतदान

काठमाडौं ।  भारतीय लोकसभाका लागि विभिन्न राज्यमा आज दोस्रो चरणको मतदान हुँदैछ । पहिलो चरणको मतदान वैशाख ७ गते भएको थियो । दोस्रो चरणमा १३ राज्यका ८८ निर्वाचन क्षेत्रमा मतदान हुन लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यसमा केरलाका २०, कर्नाटकका १४, राजस्थानका १३ र उत्तर प्रदेशका ८ निर्वाचन क्षेत्रमा मतदान हुनेछ । भारतीय लोकसभाको चुनाव ७ चरणमा सकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर