इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई धक्का

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई एभरटनसँग पराजित हुँदा उपाधि होल्डमा धक्का पुगेको छ। गएराति सम्पन्न खेलमा पराजित हुँदा एभरटनलाई हराएर शीर्षस्थानको आर्सनलसँग अंक बराबरी गर्ने मौका लिभरपुलले गुमाएको छ।

२७ औं मिनेटमा लिभरपुलले पहिलो गोल खाएको थियो। एभरटनका जर्राड ब्रान्थवेटले लिभरपुरलविरुद्ध अग्रता दिलाएका थिए। दोस्रो हाफको ५८ मिनेटमा डोमिनिक कालभर्ट लेविनले अग्रता दोब्बर पारेका थिए। त्यसपछि दुवैतर्फबाट गोल हुन नसक्दा लिभरपुरल स्तब्ध बनेको थियो। लिभरपुल अंक तालिकाको दोस्रो नम्बरमा छ। उसको ३४ खेलबाट ७४ अंक छ। शीर्षस्थानको आर्सनलले ३४ खेलबाट ७७ अंक जोडेको छ। दुई खेल कम खेलेको म्यानचेष्टर सिटीको ७३ अंक छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर