दुईवटा हेलिकप्टर आकाशमै ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं । मलेसियामा आकाशमै दुईवटा हेलिकप्टर ठोक्किएर भएको दुर्घटनामा १० जनाको मृत्यु भएको छ । नौसेनाको तालिमका क्रममा आज बिहान लुमुट शहरमा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना भएको बीबीसीले जनाएको छ । यी हेलिकप्टरले रोयल मलेसियन नौसेना परेडका लागि प्रशिक्षण गरिरहेका थिए । दुर्घटनामा हेलिकप्टरमा रहेका सबै १० जनाको ज्यान गएको खबरमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर