कतारका अमिर राजकीय भ्रमणको सिलसिलामा काठमाडौं आइपुगे

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको राजकीय भ्रमणका लागि आज मंगलबार काठमाडौं आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको दुई दिने राजकीय भ्रमणका लागि उनी नेपाल आएका हुन् । उनलाई राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका छन् ।

कतारका अमिरको भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिइएको छ। मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक हुन लागेको यो उच्चस्तरको भ्रमणमा हो। पश्चिम एसियाको महत्वपूर्ण शक्ति राष्ट्रका प्रमुखको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ। नेपालको वैदेशिक श्रम गन्तव्यमध्ये कतार एक महत्त्वपूर्ण देश हो। उनको भ्रमणका सन्दर्भमा सुरक्षाका लागि नेपाली सेनाका बलाधिकृतरथीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न टोली परिचालन भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर