मङ्गलबार सुनको मूल्यमा गिरावट

काठमाडौं । सुनको मूल्यमा मङ्गलबार गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै दुई हजार सात सय रुपैयाँले ओरालो लागेको छ । सोमबार तोलामा एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने  एक लाख ३५ हजार पाँच सयमा निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा एक लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३४ हजार आठ सय ५० निर्धारण भएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आज तोलामा रु। ४५ ले गिरावट भएको छ । सोमबार प्रतितोला एक हजार सात सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ६० निर्धारण भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर