इरानको इजरायलविरुद्ध चेतावनी

काठमाडौं । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इजरायलले अर्को गल्ती गरे कठोर प्रतिक्रिया दिने चेतावनी दिएका छन् । सिरियामा रहेको इरानी वाणिज्य दूतावासविरुद्ध अप्रिल १ मा भएको घातक इजरायली हमलाको जवाफमा इरानले इजरायलविरुद्ध हालै गरेको ठूलो प्रतीकारात्मक सैन्य कारबाहीमा टिप्पणी गर्दै उनले राजधानी तेहरानमा सो टिप्पणी गरेका हुन् ।

कनानीले इरानको कूटनीतिक परिसरमा इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानुन र नियमहरूको आक्रामक उल्लङ्घन भएको बताए । उनले तेहरानले आफ्नो प्रतिसोधात्मक अपरेसन समाप्त भएको र यसको उद्देश्यहरू हासिल भएको ठानेको भन्दै यदि इजरायलले अर्को गल्ती गरे इरानको प्रतिक्रिया कठोर र अधिक निर्णायक हुने चेतावनी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर