नेपालसँग खेल्न वेस्ट इण्डिजको टोली घोषणा

काठमाडौं ।  नेपालसँगको पाँच खेलको टी–२० सिरिज खेल्न पहिलो पटक नेपाल आउन लागेको वेस्ट इण्डिजले टोली घोषणा गरेको छ । वेस्ट इण्डिज क्रिकेट बोर्डले टी–२० सिरिजका लागि रोस्टन चेसको कप्तानीमा १५ सदस्यीय   ‘ए’ टिम घोषणा गरेको हो । नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको सिरिज शनिबारदेखि सुरु हुनेछ । सिरिजको सबै खेल कीर्तिपुरस्थित टियू ग्राउन्डमा हुनेछन् । नेपालले विश्वकपको तयारीस्वरूप वेस्ट इण्डिज ‘ए’ सँग खेल्न लागेको हो । विश्वकप अघि लय  गुमाइरहेको नेपालको लागि यो महत्वपूर्ण खेल हुनेछ ।

वेस्ट इण्डिज ‘ए’ को टिम 

रोस्टन चेश  (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर