ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चारजना घाइते भएका छन् । दुर्घटनामा १७ वर्षीय राजकुमार सिंहको मृत्यु भएको हो। प्रहरीका अनुसार सोमबार मध्यरात हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्रयाक्टर बरहथवा नगरपालिका–१५ स्थित नहरको बाटोमा दुर्घटना भएको हो। दुर्घटनामा परेका चारजनाको उपचार स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर