गुजरात टाइटन्सद्वारा पञ्जाब किंग्स ३ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई ३ विकेटले पराजित गरेको छ। पञ्जाबले दिएको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल बाँकी रहँदा ७ विकेट गुमाएर सफलता पायो । गुजरातको जितमा राहुल तेवाटियाले सर्वाधिक ३६ रन बनाउँदै नटआउट रहे।

यस्तै कप्तान शुभमन गिलले ३५ रन बनाए भने साई सुदर्शनले ३१ रन जोडे। ऋद्धिमान शाह र अजमतुल्लाह ओमारजाईले समान १३ रन जोडे। पञ्जाबका लागि हर्शल पटेलले ३, लियम लिभिंगस्टनले २ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको पञ्जाब २० ओभरमा १ सय ४२ रनमा समेटियो। पञ्जाबका प्रभसिम्रन सिंहले सर्वाधिक ३५ रन बनाउँदा हरप्रित ब्रारले २९ रन जोडे। यस्तै स्याम करनले २० तथा हरप्रित सिंहले १४ रन बनाए। गुजरातका साइँ किशोरले ५ विकेट लिए। मोहित शर्मा र नूर अहमदले २(२ र रशिद खानले १ विकेट लिए ।

जितपछि गुजरात ८ खेलमा ८ अंक सहित छैटौं र पन्जाब ८ खेलमा ४ अंक सहित नवौं स्थानमा छ। आइतबार नै भएको पहिलो खेलमा कोलकता नाइट राइडर्सले रोयल च्यालेन्जर्ज बैंगलुरुमाथि १ रनको रोमाञ्चक जित निकाल्यो।​ आइपिएलमा आज राजस्थान रोयल्स र मुम्बई इन्डियन भिड्ने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर