एमाले अध्यक्ष ओली रुघाले ग्रस्त भएपछि अस्वस्थ

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रुघाले ग्रस्त भएर अस्वस्थ भएका छन् । ललितपुरको गोदावरीस्थित शनिबारदेखि सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा आइतबार अध्यक्ष ओली उपस्थित भएनन्। केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालका अनुसार अस्वस्थ भएपछि उनी बैठकमा उपस्थित नभएकाहुन् ।

उनले भने, “अध्यक्षज्यूलाई रुघाले सतायो। हिजो बोल्दा पनि गाह्रो अवस्था थियो। दुई घण्टा ७ मिनेट जति बोल्नुभयो। आज आउन सक्नुभएन।” उनले जारी बैठकमा प्रस्तुत प्रतिवेदन सर्वसम्मतले पास भएको जानकारी दिए । उनले ३६ वटा समूहमा प्रत्येकले आफ्नो प्रतिवेदन प्रस्तुत गरेको र धेरै खण्डन नआएकाले प्रतिवेदन सर्वसम्मतले पास भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर