इजरायलको एक सैन्य समूहमाथि प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

काठमाडौं । एकातिर अमेरिकाले इजरायललाई सहयोगको हात अघि बढाएको छ भने अर्कोतिर आँखा चिम्लिने तयारी गरेको छ । अमेरिकी कंग्रेसले इजरायलका लागि १३ अर्ब डलरको नयाँ सैन्य सहायता स्वीकृत गरेलगत्तै अमेरिकाले इजरायली सैन्य बटालियनमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । यी प्रतिबन्धहरू प्यालेस्टिनी जनताविरुद्ध बटालियनले गरेको मानवअधिकार उल्लङ्घनको लागि लागू गर्न सकिनेबारे बाइडेन प्रशासनले गम्भीर परमर्श सुरु गरेको पश्चिमा सञ्चारमाध्यहरूले जनाएका छन् । अमेरिकी चाललाई बुझेर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी कदमको निन्दा गरेका छन् ।

अमेरिकाको दृष्टिकोणमा इजरायली सेनाले प्यालेस्टाइनको वेस्ट बैंकमा गम्भीर मानवअधिकार उल्लंघन गरेको छ। यस्तो अवस्थामा अमेरिकाले अब त्यहाँका नागरिकलाई निशाना बनाएर इजरायली “नेटजाह येहुदा” बटालियनमाथि प्रतिबन्ध लगाउने घोषणा गर्न सक्छ । यदि यो भयो भने, यो इजरायली सैन्य दलविरुद्ध बाइडेन प्रशासनको पहिलो विपरीत कार्य हुनेछ। अमेरिकाको यो सम्भावित कदमबाट इजरायलका प्रधानमन्त्री नेतन्याहु निकै रिसाएको देखिन्छ । “इजरायली रक्षा बलहरूमा प्रतिबन्धहरू लगाउनु हुँदैन”, उनले शनिबार राति भने, “हाम्रा सिपाहीहरू आतंकवादीसँग लडिरहेका छन्। आइडिएफका एकाइहरूमाथि प्रतिबन्ध लगाउने मनसाय बेतुक हुन् । ”

उनले थपे, “मैले नेतृत्व गरेको इजरायली सरकारले यी उपायहरूविरुद्ध हरसम्भव रूपमा कारबाही गर्नेछ।” यसअघि अमेरिकाले इजरायलमाथि हमला गरेको भन्दै इरानमाथि धेरै किसिमले प्रतिबन्ध लगाएको थियो । यसपछि इजरायलविरुद्धको अमेरिकाको कारबाहीले धेरै प्रश्न खडा गरेको छ ।

इजरायली मन्त्रीहरू इटामार बेन ग्विर र बेजलेल स्मोट्रिचले पनि अमेरिकी निर्णयको कडा आलोचना गरे। “हाम्रा सेनामाथि प्रतिबन्ध लगाउनु खतराको संकेत हो”, ग्विरले भने, “यो कदम अत्यन्त गम्भीर छ र नेटजाह येहुदाका सदस्यहरूलाई सुरक्षित गरिनुपर्छ।”
इजरायली मन्त्रीहरू इटामार बेन ग्विर र अर्थमन्त्री बेजलेल स्मोट्रिचले पनि रक्षामन्त्री योभ गालान्टलाई अमेरिकी आदेशमा नझुक्न आग्रह गरे। अर्थमन्त्री स्मोट्रिचले नेटजाह येहुदालाई प्रतिबन्ध लगाउने अमेरिकी योजनाको विरुद्ध सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखिएको एक बयानमा कडा अडान लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर