नेप्सेमा आइतबार दोहोरो अंकले सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो दिन आइतबार दोहोरो अंकले सुधार भएको छ। आज नेप्से १२.२९ अंकले बढेर एक हजार ९ सय ८४ दशमलव ४३ विन्दुमा बन्द भएको हो । नेप्सेमा आज २ अर्ब २५ करोड ९९ लाख ५९ हजार रुपैयाँबराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १७६ वटाको बढेको छ भने ६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज दोल्ती पावर कम्पनीको शेयरमूल्य ९।८८ प्रतिशतले बढेको छ । यसका साथै आज एनआइसी एशिला लघुवित्त वित्तीय संस्था र रुरु जलविद्युत परियोजनाको शेयर मूल्य ८ प्रतिशतले बढेको छ । आज पिपुल्स पावर लिमिटेडको शेयर मूल्यमा आज ७.४६ प्रतिशतले घटेको छ । सबैभन्दा बढी गोर्खाज फाइनान्स लिमिटेडको १० करोड २१ लाखबराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर